Section 4
परिषद्‌ स्वशासित र संगठित संस्था हुने
(१) परिषद्‌ अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।

(२) परिषद्को काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।

(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न सक्नेछ ।

तर परिषद्ले अचल सम्पत्ति बिक्री वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

(४) परिषद्ले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न सक्नेछ र परिषद्‌ उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।

(५) परिषद्ले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न तथा दायित्व निर्वाह गर्न सक्नेछ ।